Posted by HC Malaysia Editor to Study Options | 29 jun (06) 2011
दक्षिण-पूर्वी एसियाको तल्लो भूगलमा स्थित कम्पनशील देश, मलेशिया, हालसालै हजारों विद्यार्थीहरूको लागि एउटा अध्ययनको लागि उचित र आकर्षित गंतव्य बन्न पुगेको छ। विश्वमै उच्च शिक्षाको प्रदाता बन्ने लक्ष्यमा मलेशिन सरकारले शिक्षा क्षेत्रमा धेरै नै लगानी गरेको छ र सो गर्नाले अन्तराष्ट्रिय विद्यार्थीहरू माझ आकर्षित अध्ययन स्थल बन्न पुगेको छ। विश्वकै प्रतिभाशाली र मिहिनेति विद्यार्थीहरूलार्इ आकर्षित गर्नाका लागि नै मलेशिया चाडै नै अध्ययनको लागि नयाँ प्राथमिक गंतव्य बन्न पुगेको छ।
मलेशिया नै किन ?
विद्यार्थीहरू मलेशियामा अध्ययन गर्नाको लागि आकर्षित हुने कारणहरू धेरै छन्। ती मध्ये सस्तो ट्यूशन शुल्क र सस्तो आवास र जिउने खर्च हुन्। मलेशियाको छुट्टै डिग्री कार्यक्रमले विद्यार्थीहरूलार्इ मलेशियामा र विदेशमा आफ्नो विषय पुरा गर्ने मौका दिन्छ र साथै मलेशिया संसारकै एक मध्ये सुरक्षित र सांस्कृतिक विविधता भएको ठाउँ हुनाले नै विद्यार्थीहरू यहाँ अध्ययन गर्न आउँछन्। सोही कारणको प्रतिफल हरेक वर्ष ६५००० अन्तराष्ट्रिय विद्यार्थीहरू यहाँ पढ्न आउने गर्छन्।
अन्तराष्ट्रिय कोलाबोरेटिभ डिग्रीः
एशियाकै देशहरू मध्ये मलेशिया सबैभन्दा पहिलो देश हो जसले विद्यार्थीहरूलार्इ अन्तराष्ट्रिय स्तरको डिग्री पाठ्यक्रमहरू प्रस्तुत गरेका थिए। यो विद्यार्थीहरू माझ धेरै नै लोकप्रिय हुन गयो किनभने उनीहरूले मलेशियामै अध्ययन गरी युके, यु.एस्.ए, अष्ट्रेलिया र क्यानडाबाट पदान गरिने योग्यता प्राप्त गर्नसकने भए। कोलाबोरेटिभ डिग्री या (ट्वाइनिङ प्रोगराम) प्रदान गर्ने एशियाकै अग्रणी देश भएको हुनाले मलेशियाका संस्थाहरूले विद्यार्थीहरूलार्इ नयाँ आधुनिक शिक्षा प्रदान गर्न सहयोग गर्यो।
पाठ्यक्रम संरचनाः
अन्डरग्राजुएट स्तरमा २+१ या ३+० डिग्रीले विद्यार्थीहरूलार्इ मलेशियामा त्यहिंको ट्यूशन शुल्क तिरी विदेशी डिग्रीको योग्यता हासिल गर्न सक्छन्। २+१ र ३+० मा के भिन्नता छ त ? २+१ अंकले विद्यार्थीहरूलार्इ अन्तराष्ट्रिय योग्यता दिनको साथै दुर्इ वर्ष मलेशिया अध्ययन गर्ने मौका र अन्तिम वर्ष योग्यता प्रदान गर्ने देशमा अध्ययन गर्ने अवसर पनि दिन्छ।
३+० ले विद्यार्थीहरूलार्इ मलेशिया मात्र अध्ययन गर्ने मौका दिन्छ तर अन्तराष्ट्रिय योग्यता भने दिएकै हुन्छ। सो गर्नाले मलेशियामै बसेर विश्वमै चिनिने डिग्री हासिल गर्न मिल्नेछ।
विश्वविद्यालय साझेदारीः
मलेशीयाको Sunway University जस्ता संस्थाहरूले अमेरीकी संस्था Western Michigan University र अस्ट्रेलियन विश्वविद्यालय Monash र Victoria जस्ता संस्थाहरूसँग मिली योग्यता प्रदान गर्ने गरेका छन्। यसको साथै विश्वविद्यालय सरह योग्यता भन्दा विद्यालयको योग्यता क्यानाडको Ontario High School ले डिप्लोमा प्रदान गर्दछ जसले गर्दा क्यानडा र विदेशमा अध्ययनको लागि योग्य बनाउँछ।
मलेशियामा घुमघामः
मलेशियाको प्रमुख शहर क्वाला फम्पुर मानिसको घुइचोले भरिभराउ भएता पनि मलेशियाको अन्य शहरहरू भने अन्तराष्ट्रिय विद्यार्थीहरूको लागि भने धेरै नै सुरक्षित छ। बसार्इ खर्चको लागि प्राय विद्यार्थीलार्इ RM १०००० सम्मको खर्च लाग्न सक्छ जो $३३०० र £२००० सरह हो।
वैदेशि शिक्षा सरह योग्यता प्रदान गर्ने भएकोले र सस्तो ट्यूशन शुल्क र बसार्इ खर्चको कारणले मलेशिया विश्व कै लोकप्रिय अध्ययन गंतव्य बन्न पुगेको छ। एशियाकै नयाँ अध्ययन ठाउँ मलेशिया छानी तपार्इको अध्ययन सुरू गर्नुहोस्।
As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्
Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्
Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्