Posted by HC Nepal Editor to भाषा | 28 apr (04) 2011
यदि तपार्इ अंग्रजी बोल्ने देशमा पढ्न चहानुहुन्छ भने तपार्इसँग अंग्रेजी बुझ्ने क्षमता हुनु जरूरी छ। हामी सबैभन्दा महत्वपूर्ण अंग्रजी भाषाको परिक्षा (IELTS) बारे अझ बढी जानकारी दिनेछौँ ।
अंग्रजी बोल्न सक्ने, बुझ्न सक्ने र लेख्न सक्ने क्षमता तपार्इमा छ भन्ने र कुनै प्रमाण दिन तपार्इलार्इ प्राय कयैं शैक्षिक संस्थाहरूले IELTS Test Certificate ले नै साबित गर्नसक्छ। यो प्रमाणपत्र सबै शैक्षिक संस्थाहरूको लागि एउटा आवश्यकता हो।
IELTS भनेको के हो ?
यो अंग्रेजी भाषाको लागि लिइने परिक्षा हो जसले तपार्इको अंग्रेजीमा संवाद गर्नसक्ने क्षमतालार्इ साबित गर्छ चाहे त्यो अध्ययनको लागि होस् या कामको लागि होस्। यस परिक्षाले तपार्इको सुन्नृ क्षमता, बोल्ने क्षमता र लेख्ने क्षमतालार्इ जाँच गर्दछ।
IELTS कसले स्वीकार गर्दछ ?
यूके, यू.एस्.ए, अष्ट्रेलिया, न्यूजिल्याण्ड, हंकंग्, आयरल्याण्ड र दक्षिण अफ्रिकामा रहेका विभिन्न शैक्षिक संस्थाहरूको साथै विश्वमै रहेका ६000 भन्दा बेसि शैक्षिक व्यवसायिक निकायहरूले स्वीकार गर्दछ।
IELTS को योग्यता कसले हेरचाह गर्दछ ?
IELTS को सह-स्वामित्वमा British Council, IDP, IELTS Australia र Cambridge ESOL रहेको छ र यी संस्थाहरूले IELTS को परिक्षा सबै राष्ट्रियताको व्यक्तिमाझ लागु हुनेबारे निश्चित हुन्छन्। यसलार्इ अन्तराष्ट्रिय जाँच गरिन्छ ता कि कुनै पनि संस्कृति र भाषालार्इ पक्षताप नहोस्।
IELTS अंग्रेजी भाषाको परिक्षा दुर्इ किसिमको हुन्छ: शैक्षणिक र सामान्य तालिम परिक्षा:
• शैक्षणिक परिक्षा प्राय अन्तराष्ट्रिय विध्यार्थीहरूको लागि हो जो विदेशमा गएर उच्च शिक्षा प्राप्त गर्ने खोजीमा हुन्छन्।
• सामान्य परिक्षा भने विदेशमा गएर व्यवशाय गर्ने र त्यहि विस्थापित हुन चाहने व्यक्तिहरूको लागि गरिन्छ।
IELTS को सुनार्इ र बोलार्इ परिक्षाहरू प्राय एउटै हुन्छ तर पढार्इ र लिखित परिक्षाहरू भने चाहिं शैक्षणिक र सामान्य परिक्षा अनुसार लेखिएको हुन्छ।
IELTS अंग्रेजी भाषा परिक्षाको संघटक - तपार्इलार्इ चाहिने जरूरी सूचना।
Listening test: ३० मिनेट, ४ वर्ग, ४० मद
यसमा के शामिल हुन्छ? यस परिक्षाले तपार्इको सुन्ने क्षमतालार्इ जाँच गर्दछ ।
Academic Reading OR General Training Reading Test: ६० मिनेट, ३ वर्ग, ४० मद
Academic Writing OR General Training Writing Test: ६० मिनेट, २ प्रश्न
यस परिक्षाले तपार्इको वाक्य संरचना, शब्दावली र व्याकरणको जाँच लिन्छ।
Speaking test: ११ - १४ मिनेट, ३ मद।
यसमा तपार्इको अन्तर्वाता गरिन्छ जहाँ तपार्इले आफ्नोबारे जानकारी देखि लिएर अन्य विषयमा वार्तालाप गर्नुपर्नेहुन्छ ।
IELTS Bands - यो भनेको के हो ?
तपाइ अंग्रेजी भाषाको परिक्षा पछि तपार्इलार्इ अझ बढी जाँच गरि अंक दिइन्छ। तल रहेको जानकारीले यी अंकहरूको अर्थ स्पस्ट पार्दछ।
• 9 - expert user
• 8 - very good user
• 7 - good user
• 6 - competent user
• 5 - modest user
• 4 - limited user
• 3 - extremely limited user
• 2 - intermittent user
• 1 - non-user
अंग्रेजी भाषाको परिक्षा लिन कति पैसा पर्छ ?
अहिले हालै IELTS को परिक्षाको लागि £११५ पर्दछ । यो जानकारी तपार्इले IELTS website हेरी आफ्नो मुद्रामा हेर्न सक्नुहुनेछ ।
यूकेमा रहेको विश्वविध्यालयमा भर्ना हुन कति प्राप्तांक चाहिन्छ ?
यदि तपार्इ यूके, यू.एस्.ए, क्यानडा या अष्ट्रेलियामा पढ्न चहानुहुन्छ भने तपार्इले IELTS मा ६-६.५ अंक प्राप्त गरेको हुनुपर्छ। यदि तपार्इ चिकित्सा व्यवसायमा संलग्न हुन चहानुहुन्छ भने तपार्इको IELTS अंक ७ या माथि हुनुपर्छ। थप जानकारीको लागि प्रासंगिक संस्थालार्इ सम्पर्क गर्नुहोस्।
TOEFL गर्नाले के हुन्छ ?
अंग्रजी भाषाको क्षमता प्रमाण गर्न TOEFL को प्रयोग पनि गर्न मिल्छ तर केही यूकेका विश्वविध्यालयहरूले मात्र यसलार्इ IELTS को सट्टा स्वीकार गर्छ किनभने TOEFL अमेरीकी परीक्षा हो जसले अमेरीकी अंग्रेजीको प्रयोग गर्छ ।
उपयोगी लिंकहरू:
IELTS courses in London and the UK
TOEFL courses in New Zealand
TOEFL courses in London and the UK
TOEFL courses in USA
www.ielts.org
IELTS case study:
हटकोर्सेसमा गत ३ वर्षदेखि कार्यरत संपादक वेन्टिंग वांगले आफ्नो IELTS अंग्रेजी भाषाको परिक्षाको अनुभव हामी माझ पोख्नु भएको छ।
यूकेमा मास्टर्स गर्ने सोचार्इमा मैले IELTS गर्नुपर्ने रहेछ भन्ने थाहा पाए किनभने यूकेको विश्वविध्यालयहरूमा IELTS को मान्यता रहेछ र अंग्रेजी भाषाको क्षमता छ भन्ने प्रमाण गर्नु जरूरी रहेछ।
मास्टर्सको लागि थोरैमा ६.५ अंक लिर्इ पारित हुनुपर्ने रहेछ र शैक्षिक परिक्षामा पनि उच्च अंक लिर्इ उतिर्ण हुनुपर्ने रहेछ भन्ने थाहा पाए। मैले सुनेको अनुसार IELTS, TOEFL भन्दा सजिलो हुन्छ र यूकेमा पढ्न प्राय संस्थाहरूले IELTS नै खोज्नदा रहेछन्। त्यहि भएकोले मैले चीनमा छुट्टीको दिनहरूमा IELTS को लागि तयार गरे र आफूलार्इ परिक्षामा आउने जस्ता प्रश्नहरूको अभ्यास गरे।
मलार्इ पढाउने शिक्षक अति नै सहायक थिए र IELTS को परिक्षामा मैले Listening and Reading परिक्षाहरू सजिलो महसूस गरे जब कि लिखित परिक्षा कठीन लाग्यो। साथै अन्तर्वाता पनि मलार्इ कठीन लाग्यो किनभने त्यहाँ सोधिएका प्रश्नहरू इतिहास सम्बन्धी थिए त्यसैले मेरो सल्लाह के छ भने अन्तर्वाता दिन जाँदा धेरै अभ्यास गर्नुहोस्। यो प्रक्रिया प्रायजसो हामी चीनी विध्यार्थीहरूलार्इ गाह्रो लाग्छ किनभने हामी चीनमा प्राय अंग्रेजीमा बातचीत गर्दैनो।
मैले चाहिने अंक प्राप्त गरी यूकेमा पाठ्यक्रमको लागि निवेदन दिए र IELTS गरेको हुनाले मलार्इ आफ्नो अध्ययनमा धेरै लाभ पुगेको छ।
As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्
Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्
Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्