Posted by Ben to Study Options | 9 jun (06) 2011
बिजनेस र एडमिनिस्ट्रेटिभ पढार्इमा अकाउन्टिंग विद्यार्थीहरू माझ निकै नै लोकप्रिय रहदै आएको छ। अकाउन्टिंगमा डिग्री गर्नाले वित्तीय संसारबारे विद्यार्थीहरूले धेरै नै ज्ञान पाउँछन् र व्यापारको भित्री कामबारे पनि ज्ञान प्राप्त हुन्छ। कम्पनी वित्त, कर, कानून, लेखा परिक्षा जस्ता पाठहरू प्राप्त हुने हुनाले विद्यार्थीहरू अकाउन्टिंग पढ्न इच्छुक हुन्छन्।
परिभाषा-
अकाउन्टिंग भनेको कुनै पनि व्यापार गर्ने संस्थाको दिनहुँ लेन्देनको रेकर्ड राख्नु हो र सोही व्यापारको समीक्षालार्इ तयार गरी शेरधनीहरूलार्इ व्यापारको लेन्देनबाट भएको लाभ या हानिको विवरण देखाउनु हो। सोही विवरणमा व्यापारको हिसाब देखाउने काम देखाउने कार्य मुनीमले गैदछ र सो कार्यलार्इ लेखापालकार्य वा लेखापालपद भनिन्छ।
मुनीम बन्ने प्रक्रियाहरू-
युकेमा मुनीम बन्नका लागि धेरै नै साधारण प्रक्रिया छ। डिग्री पछि न्यूनतम तीन् वर्षको लेखापालकार्यमा अनुभव हुन जरूरी छ। सानो फर्म या लेखापालकार्य अभ्यास गर्ने फर्महरूमा आवेदन दिर्इ तीन वर्षको लागि कार्य अनुभव गर्न सकिन्छ। यस कार्य अनुभव सँग-सँगै युकेका उच्च लेखा निकायहरू द्वारा उल्लेख गरिएको परिक्षाहरू पनि उतीर्ण गर्नु जरूरी छ।
उच्च व्यवसाहिक लेखा निकायहरू यस प्रकारका छन्।
अकाउन्टिङमा डिग्री गर्दा हुने फाइदाहरू-
अकाउन्टेन्ट हुनका लागि अकाउन्टिङमा डिग्री हुनु जरूरी छैन किनभने अन्य वित्तीय सम्बन्धी विषयहरूमा डिग्री गर्नाले पनि अकाउन्टेन्ट बन्न सकिन्छ। अकाउन्टिङमा डिग्री गर्दा के फाइदा हुन्छ भने उच्च व्यवसाहिक लेखा निकायहरूद्वारा उल्लेख गरिएको परीक्षाहरूबाट केही परिक्षाहरूमा छुट पाइन्छ र बाकी रहेको परिक्षा दिर्इ चाँडै अकाउन्टेन्ट बन्न सकिन्छ।
अन्य फाइदाहरू के छन् भने अकाउन्टिङमा डिग्री गर्दा वित्तीय विषयमा धेरै ज्ञान बढ्छ र पछि गएर अन्य करियर छान्ने निर्णय गरेमा यस डिग्रीले सो फाइदाहरू दिनेछ। यस डिग्री द्वारा संख्यात्मक कौशलता प्राप्त हुन्छ व्यापार व्यावसाय सम्बन्धि धेरै नै ज्ञान प्रदान गर्दछ।
अकाउन्टिङ फर्महरू-
कार्य अनुभवका लागि धेरै फर्महरू उपलब्ध छन् र यी फर्महरू तीन समूहमा वर्गिकृत छन्।
उच्च शिक्षाका आवश्यकताहरू-
विभिन्न विश्वविद्यालयहरूका आ-आफ्नै न्यूनतम आवश्यकताहरू हुन्छन् र यी आवश्यकताहरूले नै त्यस विश्वविद्यालयमा अध्ययन गर्नका लागि विद्यार्थीहरूलार्इ योग्यता दिलाउँछ। अन्तराष्ट्रिय विद्यार्थी भएको कारणले आर्इ.र्इ.एल्.टि.एस् (IELTS) मा राम्रो अंक लेरार्इ उतीर्ण हुन जरूरी छ र साथै उच्च शिक्षा हुनु पनि जरूरी हुन्छ। साधारण तय तीन ए लेभल सरहको शिक्षा हुनु जरूरी छ र डिग्री प्राय तीन वर्षको अवधीको हुन्छ।
अकाउन्टिङ व्यवसाय धेरै नै लाभदायी हुन्छ र प्राय ट्रेनी अकाउन्टेन्टको £२२००० सम्मको तलब हुन सक्छ। तलब चाहिं फर्मको व्यापार र स्थानमा पनि भर पर्दछ। अझ बढी आमदानीको लागि योग्य अकाउन्टेन्ट भर्इ आफै एउटा फर्म खोलेर काम गर्न पनि सकिन्छ। चाहे व्यापार व्यवसाय जस्तो सुकै भएता पनि हिसाब राख्नु र लेन्देन को विवरण देखाउनु मुनीमको आवश्यकता हुन्छ त्यसैले अकाउन्टेन्ट व्यवसायमा आफ्नो करियर सुरू गर्नु धेरै नै फाइदाजनक हुन्छ।
University of Northampton, बेलायत
59 पूर्व स्नातक स्रेस्ता पाठ्यक्रमहरू
वेलायतको मुटु ऐतिहासिक तथा सांस्कृतिक रूपमा धनी काउण्टी नर्थहेम्टनसायरम ...अझ बढी पढ्नुहोस्
1 पूर्व स्नातक स्रेस्ता पाठ्यक्रम
एउटा अनुसन्धानको क्षेत्रमा अगुवा रहेको विश्वविद्यालय एस्टोन &nbs ...अझ बढी पढ्नुहोस्
As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्
Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्
Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्