Posted by HC Nigeria Editor to Study Options | 24 aug (08) 2011
पाठ्यक्रम सिंवाहलोकन –
व्यापार एक गतिशील प्रक्रिया हो जसले टेक्नोलोजी, मानव सक्क्षमता र प्राकृतिक स्रोतलार्इ नियमित रूपमा व्यापारिक वातावरणमा विकशित गर्दछ। व्यापारको भित्री बनावट बुझ्नु र व्यापार कसरी गरिन्छ भन्नेबारे बुझ्नु पहिला व्यापारिक संस्थाको बनावट, व्यापारिक प्रक्रिया र व्यापारिक वातावरणको बारे बुझ्नु जरूरी छ र यी सबै बुझ्नु विजनेस स्टडिजले सहयोग गर्दछ। यो विषय विजनेस एण्ड एड्मिनिस्ट्रेटिभ स्टडिज अन्तर्गत पर्ने विषयमा पर्दछ। यस विषय अध्ययन गर्नाले व्यापारिक कौशलता र ज्ञान हासिल गरी व्यापारिक संसारमा लागु गर्न सकिन्छ।
पाठ्यक्रम सामाग्री –
बिजनेस स्टडिज अन्तर्गत पर्ने पाठ्यक्रमहरू मध्ये अकाउन्टिङ (लेखा) पनि एक हो जसले ब्यालेन्स सिट र अन्य फाइनान्सियल स्टेटमेन्टस्हरूको सहायताले व्यापारिक संस्थाको अर्थव्यवस्था र वित्तबारे शिक्षा दिन्छ। मार्केटिङ पनि अर्को विषय हो जसले विध्यार्थीहरूलार्इ मार्केटिङको सिद्धान्त र मार्केट रिसर्च कसरी गर्ने भन्नेबारे जानकारी दिन्छ। बैंकिङ र फाइनान्सले विध्यार्थीहरूलार्इ व्यापार सुरू गर्नाको लागि पैसा कसरी जुटाउने भन्नेबारे ज्ञान दिन्छ। यस अन्तर्गत बिजनेस ल (कानून) ले व्यापार संचालन गर्नका लागि थाहा हुनु पर्ने सामान्य कानून, कन्ट्राक्ट ल र ल अफ टर्ट जस्ता अन्य कानूनहरूकोबारे ज्ञान दिनका साथै अर्थशास्त्र, प्रबन्ध, व्यापार सूचना प्रविधी र मानव संसाधनबारे धेरै ज्ञान दिन्छ जुन व्यापार संचालनको लागि धेरै नै महत्वपूर्ण हुन्छ।
पाठ्यक्रम संरचना –
बिजनेसको अन्डरग्राजुएट डिग्री विषय प्राय लेक्चर, ग्रुप वर्क (समुहमा काम गर्ने), प्रेजेन्टेशन्स (प्रस्तुति) र एसे (निबन्ध) लेख्नुपर्ने जस्ता कार्यहरूले संरचित हुन्छ। पाठ्यक्रम संरचना प्राय संस्था-संस्थाहरूमा फरक पर्दछ तर प्रायस माथि उल्लेखित कार्यहरूमै पाठ्यक्रमहरू संरचित भएको हुन्छ जुन अन्तिममा परिक्षाको रूपमा अन्त्य हुन्छ। केही संस्थाहरूले विशेष गरि कार्य अनुभवको लागि भनेर पाठ्यक्रम संरचना गरेका पनि हुन्छन् जस्ले गर्दा विध्यार्थीहरूले अझ बढी अनुभव हासिल गर्न सक्छन्।
प्रवेशका लागि आवश्यकताहरू –
यदि तपार्इ बिजनेस स्टडिजमा डिग्री गर्न चहानुहुन्छ भने गणित र अर्थशास्त्र जस्ता विषयहरूमा उतीर्ण भएको हुनु अत्यन्त जरूरी हुन्छ। हरेक विश्वविध्यालयको आ-आफ्नै मापदंड हुन्छ र बढी जानकारीका लागि सोही विश्वविध्यालय वा संस्थालार्इ सम्पर्क गर्नुपर्ने हुन्छ। पोस्टग्राजुएट डिग्रीका लागि विश्वविध्यालयहरूले अध्ययनका लागि प्रवेश आवश्यकताहरू पहिले नै उल्लेखित गरेका हुन्छन् र व्यापार सम्बन्धी विषयमा डिग्री खोज्नु स्वभाविक नै हो।
अन्तराष्ट्रिय विध्यार्थीहरूले अंग्रेजी भाषाको समझदारी देखाउन प्रासंगिक परिक्षा लिएको हुनुपर्छ। यस सम्बन्धी थप जानकारीका लागि Hotcourses’ IELTS Article पढ्नुहोस्।
करियर पाथ –
बिजनेसमा डिग्री गर्नाले भविष्यमा धेरै करियर छान्नमा मद्दत गर्दछ। जस्तैः
अन्डरग्राजुएट बिजनेस डिग्रीबारे अझ बढी जानकारीका लागि हालसालै अध्ययनरथ विध्यार्थीको अनुभवबारे पढ्नुहोस्।
मार्केटिङ, एम्बीए र फानान्स विषयहरू अध्ययन गरिरहेका विध्यार्थीहरूको अनुभवबारे पनि जान्नुहोस्।
अकाउन्टेनसि डिग्रीबारे जानकारीका लागि पनि अझ बढी जानकारी लिनुहोस्।
यदि तपार्इ कार्य अनुभवको बारे जानकारी लिन चहानुहुन्छ भने सो सम्बन्धी लेखिएको लेख पढ्नुहोस् जसले पार्ट टाइम कामको बारे पनि जानकारी दिंदछ।
Nottingham College International (A Part of South Nottin..., बेलायत
1 पूर्व स्नातक विजनेस स्टडिज पाठ्यक्रम
Castle College Nottingham was established in 2006 when Broxtowe College and the People's College wer ...अझ बढी पढ्नुहोस्
University of Northampton, बेलायत
93 पूर्व स्नातक विजनेस स्टडिज पाठ्यक्रमहरू
वेलायतको मुटु ऐतिहासिक तथा सांस्कृतिक रूपमा धनी काउण्टी नर्थहेम्टनसायरम ...अझ बढी पढ्नुहोस्
8 पूर्व स्नातक विजनेस स्टडिज पाठ्यक्रमहरू
एउटा अनुसन्धानको क्षेत्रमा अगुवा रहेको विश्वविद्यालय एस्टोन &nbs ...अझ बढी पढ्नुहोस्
As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्
Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्
Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्