दर्ता
Login with facebook OR लग इन गर्नुहोस्

पाठ्यक्रम खोज्नुहोस्

विश्वविद्धालय/कलेज खोज्नुहोस्

विध्यार्थीबारै जानकारी - बिजनेस स्टडिज

Posted by HC Nigeria Editor to Study Options | 24 aug (08) 2011

 

नाम- भिभियन

देश – चीन

विषय – बिजनेस एड्मिनिस्ट्रेशन

विश्वविध्यालय – युनिभर्सिटी अफ बेडफर्डशायर

अध्ययन तह – अण्डर्ग्राजुएट

 

यस विषय लिर्इ यूकेमा किन भर्ना गर्नुभयो र यस विश्वविध्यालय  छान्नुमा के कारण थियो ?

यो विषय धेरै नै फराकिलो हुनाले र व्यापार सम्बन्धी थप ज्ञान पाउनको लागि पनि मैले यो विषय छानेको हुँ। युनिभर्सिटि अफ बेडफर्डशायरको रेपुटेशन र स्थानले गर्दा मैले यस विश्वविध्यालय छानेकी हुँ। यस युनिभर्सिटि लुटनमा स्थित छ र यहाँ बसार्इ खर्च कम भएको कारणले  पनि मैले यो युनिभर्सिटि छानेकी हुँ ।

तपार्इले अध्ययनको लागि यूके नै किन छान्नुभएको हो ?

पहिलो कारण के हो भने लन्डन शहरमा अध्ययन गर्ने रहर मेरो पहिले देखि नै थियो र दोस्रो के हो भने यहाँको विषय अवधी छोटो हुनाको कारणले गर्दा नै मैले युके छानेकी हुँ किनभने सोही डिग्री पुरा गर्नु चीनमा ४ वर्ष लाग्छ भने यहाँ जम्मा ३ वर्ष लाग्छ।

तपार्इको पाठ्यक्रम संरचना कस्तो छ ?

पाठ्यक्रम संरचना सरल थियो र यहाँको पढाउने तरिका राम्रो थियो जसले गर्दा धेरै सीपहरू सिक्न पाएँ।

यहाँको पढाउने तरिकामा के कस्ता भिन्नता पाउनुभयो ?

यहाँको पढाउने तरिकाले विध्यार्थीहरूले शिक्षकबाट कक्षाकोठामा मात्र नभर्इ व्यवहारिक रूपमा धेरै सिक्दछन्।

तपार्इले आफ्नो पढार्इको लागि कसरी पैसा जुटाउनु भयो ?

पारिवारिक सहयोगले नै मैले मेरो पढार्इ खर्च जुटाउन सके।

पहिलो वर्षमा के-कस्ता कठिनार्इहरूको सामाना गर्नुपर्यो ?

पहिलो वर्षमा मैले मौखिक संचार अथवा अंग्रेजी भाषामा संवाद गर्न धेरै नै समस्या पाएँ किनभने चीनमा सिकेको अंग्रेजी किताब मै सिमित थियो र मौखिक रूपमा धेरै अभ्यास हुँदैन थियो।

तपार्इको विषयको सबैभन्दा मनपर्ने कुरा के हो ?

मलार्इ यस विषय अन्तर्गत पर्ने पाठ्यक्रमहरू धेरै नै मनपर्छ। जस्तै फाइनान्स, म्यानेजमेन्ट, मार्केटिङ किनभने यी विषयहरूमा मलार्इ अत्यन्त रूची छ।

ग्राजुएशन पछि तपार्इको के गर्ने विचार छ ?

ग्राजुएशन पछि म कार्य अनुभव गर्न चहान्छु र अधययन जारी राख्न चहान्छर र सकेसम्म मास्टर्स डिग्री गर्न चहान्छु।

अन्य अन्तराष्ट्रिय विध्यार्थीहरूलार्इ के सल्लाह दिन चहानुहुन्छ ?

अन्य अन्तराष्ट्रिय विध्यार्थीहरूलार्इ के भन्न चहान्छु भने आफ्नो लक्ष्य के हो भनेर नबिर्सनु र लगनरशील भएर पढ्नु।

Relevant reading: MBA  &  Accounting

Student Case studies: Investment Finance  &  Marketing

Read this article in english.

तल रहेका शैक्षिक संस्थाहरूमा तपार्इको रूचि हुनसक्छ।

Blog

As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्

Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्

Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्

View all blog posts