दर्ता
Login with facebook OR लग इन गर्नुहोस्

पाठ्यक्रम खोज्नुहोस्

विश्वविद्धालय/कलेज खोज्नुहोस्

स्कटल्यान्ड एक पर्यटक आकर्षण

Posted by Nuannat to Tourism | 26 aug (08) 2011

अन्तराष्ट्रिय विद्यार्थीहरूका लागि युके एक आकर्षणको ठाँउ हो। पर्यटण ठाँउहरूको कमी नभएको हुनाले पनि धेरै मानिसहरूलार्इ बेलायतले आकर्षित गराउँदछ। यातायातको उचित सुविधा, एतिहासिक ठाँउहरू र अन्य आकर्षणहरूले गर्दा पनि युकेलार्इ एउटा रमणीय ठाँउ मात्र नबनार्इ अध्ययन गर्नाका लागि पनि उचित गन्तव्य बनाउँछ। हटकोर्सेसका अन्तराष्ट्रिय संपादक Nuannat Simmons ले स्कटल्यानडका बारे केही जानकारी दिएका छन्।

अन्तराष्ट्रिय विद्यार्थीहरू जो युकेमा भर्खरै आएका छन्, उनीहरूले पहिलो केही हप्तामा गर्नुपर्ने कामहरू धेरै हुन्छन् –

जब यी कुराहरूको बन्दोबस्त हुन्छ तब मात्र आफ्नै घरमा भएको महसूस गर्नुहुनेछ र त्यसपछि युकेमा भएका अन्य ठाँउहरूको घुमघाम गर्नेतिर आफ्नो योजना बनाउनुपर्छ।

स्कटल्यान्डमा आवासः‑

युके प्राकृतिक सुन्दरताले भरिएको देश हो र यहाँ पर्यटनका लागि आकर्षणहरू थुप्रै छन्। यातायातको लागि सस्तो विकल्प पनि छ र खास गरि विद्यार्थीहरूलार्इ भने धेरै सुविधाहरू छन्। विशेष गरी इङल्यान्डस्कटल्यान्डमा सस्तो होस्टेल आवासको पनि विद्यार्थीहरूलार्इ सुविधा छ र कुनै कुनै ठाँउहरूमा £१० मा पनि सुत्नका लागि सुविधा हुन्छ।

आकर्षणका ठाँउहरूः‑

स्कटल्यान्ड ब्रिटिस आयल्सको सबै भन्दा उत्तरी भागमा पर्ने देश हो। यो ठाँउ प्राकृतिक सुन्दरताले भरिभराउ छ। स्कटल्यान्डका प्रमुख शहरहरू ग्लासगो, एडिन्बरो र आबरडिन हो जहाँ धेरै फेस्टिभल्स हुन्छन् र जहाँ एडिन्बरो क्यास्ल गस्ता दरबारहरू पनि घुम्न पाइन्छ।

स्कटल्यान्डमा धेरै थरीका जीव‑जन्तुहरू पनि हेर्न सकिन्छ। यहाँका जीव‑जन्तु अन्तर्गत , पफिन्स, चील र जरायोहरू पर्दछ र आइल अफ स्कार्इको भ्रमणबाछ फर्कदा तपार्इले basking shark पनि देख्नसक्नु हुनेछ।

घुमघामः‑

यदि तपार्इ पहाड चढ्न या ट्रेकिङ जान चहानुहुन्छ भने युकेको सबैभन्दा उच्च हिमाल Ben Nevis जान पनि सक्नुहुनेछ जुन फोर्ट विलियममा स्थित छ या माछा समात्न बालाकुलिश पनि जान सक्नुहुनेछ।

स्कटल्यान्डको प्राकृतिक सुन्दरता हेर्ने अर्को तरिका यहाँको रेल यात्राबाट पनि पुरा गर्न सकिन्छ जुन स्टिम ट्रेनको सहायताले फोर्ट विलियम देखि मालेइग सम्म गर्न सकिन्छ। थप जानकारीको लागि westcoastrailways हेर्नुहोस्।

यहाँको मौसम भने चाहिँ छोटो समयमै बद्लन्छ त्यसैले तातो लुगा आफुसँग लिएर जान नबिर्सनु होला।

यहाँको पिक सिजन (जून – सेप्टेम्बर) मा प्रमुख चाडपर्वहरू हुन्छन्। HogmanayEdinburgh Fringe यहाँका प्रमुख चाडहरू हुन् र यो समयमा यात्रा गर्नु अघि आवासको बन्दोबस्त पहिला नै गर्नुहोस् किनभने धरै मानिसहरू पनि यहि समयमा यात्रा गर्ने गर्छन् र बस्ने ठाँउ पाउन गाह्रो हुन सक्छ।

बढी जानकारीको लागि-

केम्ब्रिजमा हुने गतिविधीबारे जानकारी लिन नुनतले लेखेका ब्लग पढ्नुहोस्

या उनको tourist attractions in London भन्ने लेख पढ्नुहोस्।

अन्य लेखहरूका लागि तलका लिंकहरू हेर्नुहोस् –

Blog

As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्

Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्

Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्

View all blog posts