Posted by Hotcourses Editor to Study Abroad | 14 sep (09) 2011
हालसालैको ओपन डोर्सको रिपोर्टले अन्तराष्ट्रिय विद्धार्थीहरू माझ यु.एस्.ए अध्ययनको लागि लोकप्रिय गंतव्य बनेको छ भन्ने बारे जानकारी दिएको छ। यु.एस्.ए ले अन्तराष्ट्रिय विद्धार्थीहरूलार्इ ठूलो संख्यामा आकर्षित गर्दै आएको छ र हालै ५२% जति विद्धार्थीहरू चीन, भारत, दक्षिण कोरीया, क्यानाडा र ताइवानका रहेका छन्। यसले के साबित गर्दछ भने अमेरीका, अन्तराष्ट्रिय विद्धार्थीहरू माझ पहिले भन्दा अझ बढि लोकप्रिय बन्न पुगेको छ।
द ओपन डोर्स रिपोर्ट, इन्सटिट्यूट अफ इन्टर्न्याश्नल एडुकेशन द्वारा वार्षिक रूपमा प्रकाशित हने गर्दछ। यो रिपोर्ट यु.एस्.ए मा अध्ययनरथ रहेका अन्तराष्ट्रिय विद्धार्थीहरू कति छन् भन्ने बारे सर्वेक्षण गर्दछ र यो रिपोर्ट सन् १९४९ बाट प्रकाशित हुँदै आएको छ। यस रिपोर्टले गएको ३ वर्ष देखि बढ्दै गएको अन्तराष्ट्रिय विद्धार्थीहरूको संख्याबारे जानकारी दिएको छ र २००९/२०१० मा अन्तराष्ट्रिय विद्धार्थीहरूको संख्या २.९% प्रतिशत बढेको जानकारी पनि दिएको छ जसले अन्तराष्ट्रिय विद्धार्थीहरूको संख्या ६,९०,९२३ पुर्याएको छ।
यदि तपार्इ अमेरीका स्थित विश्वविद्धालयमा अध्ययन गर्न चहानुहुन्छ भने अमेरीकामा रहेका विश्वविद्धालयहरूको बारे जानकारी लिन धेरै आवश्यक हुन्छ। तल रहेको सूचीमा अन्तराष्ट्रिय विद्धार्थीहरू माझ रहेको लोकप्रिय विश्वविद्धालयहरू छन्।
1. University of Southern California (7,987)
2. University of Illinois - Urbana-Champaign (7,287)
3. New York University (7,276)
4. Purdue University - Main Campus (6,903)
5. Columbia University (6,833)
6. University of Michigan - Ann Arbor (6,095)
7. University of California - Los Angeles (5,685)
8. Michigan State University (5,358)
9. University of Texas - Austin (5,265)
10. Boston University (5,172)
11. University of Florida (4,920)
12. SUNY University at Buffalo (4,911)
Source: Open doors 2010 fast facts
सोही रिपोर्ट अनुसार अमेरिकामा अध्ययन गर्न आएका विद्धार्थीहरू माझ अझै पनि व्यापार र विज्ञान विषयहरू नै लोकप्रिय रहेको बताउँछ। बिजनेस एण्ड म्यानेजमेन्ट, इन्जिनियरिङ, फिजिकल एण्ड लाइफ साइन्स, गणीत र कम्प्युटर विज्ञान र सामाजिक विज्ञानहरू जस्तो विषयहरू सबैभन्दा लोकप्रिय रहेको छ।
गत ९ वर्ष देखि प्राय विद्धार्थीहरू ग्राजुएट विषयको लागि अमेरिका आएको हुनाले ग्राजुएट विषयहरू उनीहरू माझ लोकप्रिय रहेको बुझिन्छ। २००९/२०१० मा मात्र २,९०,००० जति अन्तराष्ट्रिय विद्धार्थीहरूले अमेरिकामा ग्राजुएट विषय अध्ययन गर्नका लागि भर्ना भएका थिए।
अमेरिकामा पढार्इ शुल्क धेरै नै महंगो छ र यहाँको बस्ने खर्च पनि अरू देशहरू भन्दा बढि छ। आफ्नो बसार्इ खर्च र पढार्इ शुल्कको व्यवस्था पहिले नै गर्नु जरूरी हुन्छ। यहाँ पढ्ने खर्च महंगो भए पनि पछि लामो समय पछि यसको प्रतिफल राम्रो हुन्छ किनभने अमेरिकाको शैक्षिक संस्थामा डिग्री गर्नाले विश्व भरि नै यसको महत्व बढ्छ।
यस रिपोर्ट अनुसार २००८/२००९ र २००९/२०१० मा ६०% जति विद्धार्थीहरूले आफ्नो आर्थिक व्यवस्था निजी रूपमा गरेका थिए। अमेरिकाको शैक्षिक संस्थाहरूले अन्तराष्ट्रिय विद्धार्थीहरू आकर्षित गर्दै आएको छ र पछि पनि गर्ने छ भन्ने कुनै संखा छैन। त्यहाँको शिक्षा स्तर र उपलब्ध अवसरहरूले गर्दा अमेरिका विश्वकै शैक्षिक गंतव्य बन्न पुगेको छ।
सोही लेख अंग्रेजीमा पढ्नुहोस्‑ U.S. a Magnet for Overseas Students
As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्
Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्
Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्