दर्ता
Login with facebook OR लग इन गर्नुहोस्

पाठ्यक्रम खोज्नुहोस्

विश्वविद्धालय/कलेज खोज्नुहोस्

मेडिसिन र स्वास्थ्य सम्बन्धित विषयहरू

Posted by HC Nepal Editor to Study Options | 20 jul (07) 2011

 

प्राय स्वास्थ्य सम्बन्धित व्यवसायहरूको धेरै नै मांग भएको कारणले धेरै जसो विद्यार्थीहरूले यो विषय लिने गर्छन्। अरूहरूको सेवा गर्न लगनशीलता र दृढसंकल्प मात्र नभर्इ, जोश र जिज्ञासाको पनि खाँचो हुन्छ। स्वास्थ्य सम्बन्धि विषयको अध्ययनका लागि हटकोर्सेसका कोलम्बियन संपादक Alejandra Diaz Camecho को यो छोटो लेख।

मेडिसिन र हेल्थकेर व्यवसायकहरूलार्इ प्राय उनीहरूको अटलता र लगनशीलताको गुणहरूको साथसाथै बिरामीहरूलार्इ प्रदान गर्ने सहयोगले पनि चिनिने गर्छन्। यस् व्यवसायको उद्देश्य बिरामीहरूलार्इ रोगबाट मुक्त गर्ने, राम्रो स्वास्थ्य बनार्इ राख्ने हो र उनीहरूलार्इ पुर्ण रूपमा साधारण सामाजिक वातावरणमा फर्काउनु हो।

एउटा राम्रो डाक्टरले रोग निको पार्न औषधीको मात्र प्रयोग गर्दैन बरू राम्रो स्वास्थ्यको लागि एउटा राम्रो वातावरण र व्यक्तिको असल मानसिक स्वास्थ्यको महत्व बझेको हुन्छ। यसमा मेडिकल ज्ञानको खाँचो मात्र नभर्इ व्यक्ति विशेषको संवेदनशीलताको र व्यक्तिगत चहानाहरू बुझ्नु जरूरी हुन्छ।

यही कारणहरूले गर्दा नै उनीहरूको विश्वभरी नै बढ्दो मांग रहेको छ। उनीहरूको समाज प्रतिको काम र दायित्व उनिहरूको व्यक्तिगत जीवन भन्दा पनि ठूलो हुन्छ। विश्वभरि नै यात्रा गरी रोगी र बिरामीहरूको सेवा गर्न उनीहरू तत्पर रहन्छन् र सोही कार्यको लागि Medicine Sans frontiers, च्यारिटीले सहयोग गर्दछ।

मेडिकल र हेल्थकेर करियर डाक्टर र नर्सहरूमा सिमित हुँदैन। डाक्टर र नर्सहरूको कामलार्इ सजिलो पार्न प्रयोगशाला र अनुसंधान केन्द्रहरूमा कार्यरत व्यवसायकहरूको ठूलो भूमिका रहेको हुन्छ। विज्ञान, रसायनविज्ञान र औषधी विषयहरूको पनि उत्तिकै मांग रहेको छ। धनस्रोतको कमी भएता पनि ल्याटिन अमेरीका नयाँ औषधीको अनुसंधानका लागि र alternative medicine विश्वकै अगुवा बन्न पुगेका छन्।

विषयबारे थप जानकारी

विषयको अवधी र पाठ्यक्रम आवेदन दिएको विश्वविद्यालय र संस्थामा भरपर्छ। साधारण तय मेडिकल सायन्स अध्ययन गर्ने विषयहरू प्राय ५-७ वर्ष सम्मको हुन्छ जसमा दुर्इ वर्ष रोगीहरूको हेरचाह र कार्य अनुभव गर्नु जरूरी हुन्छ।

पहिलो दुर्इ वर्ष विद्यार्थीहरूले विज्ञान विषयको साधारण ज्ञानहरू अध्ययन गर्ने मोका पाउंछन्। तेस्रो र चौंथो वर्ष उनीहरूले प्री-क्लिनिकल र क्लिनिकल विषयहरूमा तालीम पाउँछन्। त्यसपछि उनीहरूले पाचौं वर्षमा क्लिनिकल मेडिसिन र सर्जरी विषयमा तालीम लिन्छन् जसमा उनीहरूले रोग खोजी र उपचारको योजना बनाउन सिक्छन्।

अन्तिममा उनीहरूले दुर्इ वर्षसम्म व्यवहारिक रूपमा मेडिकल व्यवसायकहरूको देखभालमा तालीम पाउंछन् र सोही गर्नु धेरै जरूरी छ। यदि तपार्इ डाक्टर या हेल्थकेर व्यवसायक बन्न चहानुहुन्छ भने प्रतिबद्धताको धेरै नै खाँचो हुन्छ भन्ने द असोसियसन अफ अमेरिकन मेडिकल कलेजेजको भनार्इ छ।

अन्तर्वाता-

http://www.i-studentadvisor.com/isa/2010/imhs/imhs-2010.html?startpage=30

अफ अमेरिकन मेडिकल कलेजको सल्लाह।

थप जानकारी-

थप जानकारीको लागि तपार्इले हटकोर्सेसमा हालसालैको मेडिकल विद्यार्थीसँगको अन्तर्वाता पनि हेर्नसक्नुहुनेछ र साथै अन्य ब्लगहरू पनि उपलब्ध छ।

रेंकिङको जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

युकेका मेडिकल विषयहरूको थप जानकारी र संस्थाहरूको लिग टेबल पनि हेर्नुहोस्। 

Blog

As the summer gets closer and closer, London is making its final preparation to welcome the athletes and sportsmen from all over the world for ...अझ बढी पढ्नुहोस्

Looks like event organising is getting bigger and better among the Nepalese community in the UK. Just when we thought it couldn’t get any ...अझ बढी पढ्नुहोस्

Although it’s not the 1 st of January 2012 today but it still is the first week of the New Year 2012. Therefore, on behalf of my ...अझ बढी पढ्नुहोस्

View all blog posts