दर्ता
Login with facebook OR लग इन गर्नुहोस्

आफ्नो पाठ्यक्रम फेला पार्नुहोस्

हाम्रो बारेमा

यो वेभसाइट कहाँ अध्ययन गर्ने भन्नेबारे आफूले छनौट गर्नु भन्दा पहिला विद्यार्थीहरूको विचारहरू बुझ्न पाएको भए हुन्थ्यो भन्ने चाहने मानिसहरूद्वारा सृजना गरिएको हो । के तपाईले होटलहरूबारे तिनीहरूको पाहुनाहरूले स्वतन्त्ररूपले गरेक समीक्षाबारे अनलाइन यात्रा पुस्तिका www.tripadvisor.com बारे सुन्नु भएको छ ? यात्रा सल्लाहकारले यात्रा गर्नु जस्तै हटकोर्षको काम शिक्षा दिनु हो ।

यदि तपाई हाल अध्ययन गरि रहनुभएको छ भने वा स्नातक गरि सक्नु भएको छ भने तपाईले भविष्यका विद्यार्थीहरूलाई तपाईको कलेज वा विश्वविद्यालयमा के कस्तो छ भन्नेबारे बताएर सहयोग गर्न सक्नुहुन्छ । तपाईलाई वास्तवमा नै रमाइलो भैरहेको भए पनि वा जानको लागि पर्खन नसक्ने भएको भए पनि कुनै फरक पर्दैन । तपाईको विचार वास्तवमा नै महत्त्वपूर्ण छ र भविष्यका विद्यार्थीहरूले तपाई के भन्न चाहनुहुन्छ भन्नेबारे जान्न चाहन्छन् ।

यदि तपाई कहाँ अध्ययन गर्ने भन्नेबारे सोचिरहेको एकजना विद्यार्थी हुनुहुन्छ भने अमेरिका, बेलायत, अस्ट्रेलिया र सिंगापुरका ३००० विश्वविद्यालय र कलेजहरूका ४००,००० (अनि प्रत्येक दिन बढिरहेको) पाठ्यक्रमहरूको तथ्याङ्कका साथ यी समीक्षाहरू उपयोगी स्रोतहरू भएका छन् भन्ने आशा गरेका छौ ।

हटकोर्सको एउटा सरल उद्देश्य रहेको छः मानिसहरूले आफै वा आफ्नो परिवारको सदस्यहरूको लागि शैक्षिक अवसरहरूको खोजी गर्नको लागि सही विद्यालय, कलेज वा विश्वविद्यालय फेला पार्ने कार्य सहज बनाउनको लागि निर्देशिका र वेभसाइटहरू उपलब्ध गराउनु हो । अवसरहरूलाई फराकिलो बनाउने एउटा बाटोको रूपमा र मानिसहरूलाई मानव जातिको रूपमा उन्नति गर्नको लागि शिक्षाको आधारभूत महत्त्व माथि हामी विश्वास गर्छौ । जीवनको जुन सुकै अवस्थामा भएका मानिसहरूलाई आफ्नो लागि सही रहेको पाठ्यक्रम फेला पार्नमा मद्दत गरेर हामी विश्वमा सबैभन्दा असल बन्न चाहन्छौ

भारत, लन्डन र अस्ट्रेलियामा कार्यालयहरू भएको हटकोर्सेजले विश्वभरि नै २०० जना भन्दा बढी कर्मचारीहरू नियुक्त गरेको छ ।

हटकोर्सेजले उत्पादन गरेका केही वेभसाइटहरू ;

एउटा समीक्षा लेख्नुहोस् |

यदि हाल तपाई अध्ययनरत हुनुहुन्छ भने वा यदि तपाईले अध्ययन पुरा गर्नु भएको छ भने आफ्नो अनुभव साझेदारी गरेर भविष्यका विद्यार्थीहरूलाई सहयोग गर्नुहोस् ।